२४ घन्टामा थप ३३४ जना संक्रमित : कुन जिल्लामा कति संक्रमित ?

0
63
Ad_Article_Top
Share :

वीरगञ्ज २२ जेठ : नेपालमा कोरोना संक्रमित पछिल्लो २४ घन्टामा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार ६३४ पुगेको बिहीबार मन्त्रालयले जनाएको हो । नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले दिएको जानकारी अनुसार संक्रमित हुनेमा दैलेखका ११३, बाँकेका ४२, कपिलवस्तुका २९, मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सप्तरीका १३, बाराका ७, सिन्धुलीका १, म्याग्दीका १, बागलुङका १०, पर्वतका ४, स्याङ्जाका १, डोटीका ३, दाङका १५ र मुगुका १ जना संक्रमण देखिएको हो । त्यसैगरी खोटाङका ३, बाराका ५, धनुषाका ६, महोत्तरीका ३, रौटहटका ६४, सर्लाहीका ३ जना रहेका छन् । २४ घन्टामा डिस्चार्ज हुनेमा थप १२ जना रहेका छन् । यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसरी डिस्चार्ज हुनेको संख्या २९० रहेको छ । नारायणी अस्पतालबाट ५ जना र कलैया अस्पतालबाट ७ जना डिस्चार्ज भएका छन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here