वीरगञ्ज २२ जेठ : ठोरी गाउँपालिका वडा -३ मा बिहीवार राहत बाँडिएको छ।आरुस कन्सक्ट्रक्सन प्रालि काठमाडौका प्रोपाइटर सुनिल बल तामाङको आर्थिक सहयोगमा प्राप्त चामल,दाल ,तेल लगायतको राहत सामग्री वितरण गरिएको ठोरी -३ का वडाध्यक्ष सुर्य बहादुर लामाले जानकारी दिए।बिहीवार वडा -३ नयाँवस्तीका १०८ घरधुरी विपन्न परिवारलाई प्रतिपरिवार २० किलोग्राम चामल ,आधा केजी दाल र आधा लिटर तेल वितरण गरिएको हो।आयुस कन्सट्रक्सन प्रालिका प्रोपाइटर लामाले नयाँवस्तीका विपन्न परिवारका लागी राहत वितरण गर्न रु १ लाख १२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।करीब १५ बर्षअघि सोही ठाउँमा बसोबास गरेका लामा हाल काठमाडौ बालाजुमा निर्माण व्यवसाय सन्चालन गर्दै आइरहेका छन् ।सरकारले गरेको लकडाउनको प्रभावमा परेका आफ्ना गाउँवासीलाई सहयोग गर्न पाउँदा असाध्यै खुसी भएको उनलाई उद्धृत गर्दै स्थानीय नागरिक अगुवा सुर्य थिङले बताए ।

नयाँवस्तीमा सिचाइ सुविधा नहुदा बर्सेनि धानको अभाव हुने अवस्था अझै नहटेकोले विपन्न परिवारलाई चामल लगायतको राहत सामग्री वितरण गर्न सहयोग रकम पठाएको लामाको भनाइ उद्धृत गर्दै अगुवा थिङ्ले बताए ।उनले अझै ३ लाख बराबरको राहत वडा ३ को सबै विपन्न परिवारलाई वितरण गर्ने प्रतिबद्धता जनाएको समेत वडाध्यक्ष लामाले बताए ।स्वर्गीय चन्द्र बहादुर बल तामाङ ९बोदई लाहुरे ०का छोरा लामाले यसअघि पनि सोही ठाउँको स्थानीय युवाहरुलाई फूटबल जर्सी पनि सहयोग गरेका थिए ।राहत वितरणका अवसरमा वडाध्यक्ष लामाले ठाउँ छाडेको डेढ दशक बित्नलाग्दा समेत गाउँलाई माया गरेर सहयोग गरेका सुनिल बल तामाङको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।सो अवसरमा उनले प्रदेशबाट वितरण गरिएको राहत समेत छिट्टै वितरण गरिने घोषणा गरे।नयाँवस्तीमा आयोजित राहत वितरण कार्यक्रममा सिकारीवास सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सुर्य थिङ,ब्रम्हानगर खानेपानी उपभोक्ता समितिका अध्यक्ष पन्नालाल श्रेष्ठ ,नागरिक अगुवा ज्ञान बहादुर थिङ,स्थानीयबासी लगायत जनजागरण युवा क्लबका युवाहरूको सहभागीता थियो।राहत वितरणको सहजीकरण स्थानीय क्लब जनजागरण क्लबले गरेको हो।