११० पत्रकारको कोराना बिमा सम्पन्न , प्रमुख सरावगीले अध्यक्ष बन्जारालाई पोलिसी हस्तान्तरण गरे

0
198
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज १७ जेठ : नेपाल पत्रकार महासंघ पर्साका ११० जना साधारण सदस्यहरुको आज एकैपटक कोरोना बिमा सम्पन्न भएको छ । नपामा आयोजित बिशेष समारोहका बीच बीरगंज महानगरपालिकाको प्रमुख बिजय कुमार सरावगीले नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारालाई बिमा पोलिस हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा संकटको बेलामा फ्रन्ट लाइनमा खट्ने संचारकर्मीहरुको बिमा गर्नु नपाको आफ्नो कर्तब्य भएकोले त्यसको पालना गरेको बताउनुभयो । सो अवसरमा बिमा कम्पनी बीरगंजका प्रमुख शशि बिचित्र, संचारकर्मी, उद्योगी ब्याबसायीहरुको सहभागिता रहेको थियो । अव कुनै पनि पत्रकारलाई पिसिआर परिक्षणमा पोजिटिभ रिपोर्ट आएमा बिमा कम्पनिले रु १ लाख रुपैंया तत्काल उपलब्ध गराउने भएको छ । नपाले अन्य महासंघका सदस्य नरहेका तर क्रियाशिल पत्रकारको पनि बिमा गर्ने जनाएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here