जिपी फाउन्डेसनद्धारा परवानीपुर गाउँपालिका वडा नं ५ को कार्यालयमा ज्ञापनपत्र

0
144
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज २८ जेठ : बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुवरी टोलमा आज जिपी फाउन्डेसनले वडा कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । उत्त वडामा विगत ३ महिना अगाडि आएको हावहुरीका कारण यस वडामा रहेको स्वास्थ कार्यालयको छानो भत्काएको कारण, समयमा निर्माण हुन नसकी यस वडामा रहेका सर्व साधारण स्वास्थ सेवा लिन बाट वञ्चित भएका छन् । दिनहुँ सयौंको सङ्ख्या मा यहाँका यस्थानिय यस स्वास्थ कार्यालय बाट सेवा लिँदै आएका थिए तर अहिले यो स्वास्थ कार्यालय मा सेवा लिने र दिने दुवैलाई ठूलो समस्या भएको छ ।

तसर्थ यस वडाको स्वास्थय कार्यालयलाई छिटो मारम्बत सम्भर्गरी सर्वसाधारणलाई स्वास्थय सेवा सहज रुपमा संचालन गरिदिनोकोलागी जिपि फाउन्डेसनले ज्ञापनपत्र मार्फत वडा अध्यक्ष लाई आनुरोध गरेको छ। ज्ञापनपत्र जीपि फाउन्डेसन का गाउँपालिका सचिव श्याम रामको नेतृत्वमा वडा कार्यालय मा बुझाइएको थियो । सो क्रममा फाउन्डेसनका वडा सदस्य प्रमोद पटेल, विजय पटेल, नेपाली कांग्रेसका युवा नेता सुनिल पटेल लगायतको उपस्थिति रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here