पप्पु कन्स्ट्रक्शनका कारण म्याद समाप्ती हुदा पनि हुलाकि राजमार्ग बन्न सेकन, समयमै निर्माण सम्पन्न नहुदा पर्सावासी आक्रोशित

0
167
Ad_Article_Top
Share :


वीरगंज,असार २

राष्ट्रिय गौरबको आयोजना मध्यको एक हुलाकी राजममार्ग निर्माणको अन्तिम म्याद जेठ महिनाको समाप्तीसंगै सकिएको छ । तर हुलाकी राजमार्गको निर्माणको काम आधा पनि हुन सकेको छैन ।हुलाकी राजमार्ग परियोजनाअन्तर्गत वीरगञ्जको प्रतिमाचोकदेखि ठोरीसम्म ६० किलोमीटर सडक निर्माणको ठेक्का अवधी सकियो । बिकासप्रेमी भनाउन रुचाउने ठेकेदारको हातमा ठेक्का परेपनि हुलाकी राजमार्ग निर्माणले दुर्गती भोग्नु परेको छ ।पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएर भ्रष्टाचारको मुद्धामा निलम्बनमा परेका हरिनारायण रौनीयारले स्थापना गरेको निर्माण कम्पनी पप्पु कन्स्ट्रक्शन र मकवानपुर जिल्लाबाट नेपाली कांग्रेसको राजनीति गरेर अहिले बाग्मती प्रदेश सभामा बिपक्षी दलको नेता रहेका इन्द्र बानियको, बानियाको कन्स्ट्रक्शनले हुलाकी मार्ग निर्माणको ठेक्का पाएको छ । पप्पुले बीरगंजको प्रतिमाचोक देख महादेव पट्टीको चमरी टोल सम्म ३० किलो मिटर र त्याहाबाट ठोरी सम्मको ३० किलो मिटर हुलाकी सडक निर्माणको जिम्मा बानिया निर्माण सेवाले पाएको छ । बिकासप्रेमी भनेर संचारमाध्यममा छाउन रुचाउने निलम्वीत साँसद रौनीयारको कम्पनीले पाएको ठेक्काका काम समयमा कहिल्यै पुरा भएका छैनन । तिनको गुणस्तरीयतामा पनि समस्या रहने गरेको छ । बिकास गर्ने स्रोत र साधन आफ्नै हातमा हुदा समेत नागरिकलाई समय अगावै परियोजना निर्माण गरेर दिन नसक्नेले बिकासको कुरा गर्दा पत्याउनु नै गलत भएको ठान्नुहुन्छ सखुवा प्रसौनीका भोला चौधरी । हुलाकी राजमार्गको बीरगंज चमरीटोल खण्डमा ३१ प्रतिशत र चमरी टोल देखी ठोरी खण्डमा ४० प्रतिशत मात्र काम भएको आयोजना कार्यालय वीरगञ्जका प्रमुख दीपेन्द्र पाण्डेले बताउनु भयो । ठेक्का लगाउने तर काम गराउन नसक्ने सरकारी अड्डा समेतको कमजोरीका कारण नागरिकले बिकासको प्रतिफल बेलैमा पाउन सकेका छैनन । लकडाउनयता निर्माण व्यवसायीले काम शुरू गरे पनि प्रगति अत्यन्तै सुस्त छ । २ अर्ब ४० करोड हुलाकी राजमार्ग निर्माणकालागि बिनियोजीत छ । ठकेदार पक्षले मुआब्जाको समस्या, स्थानीयको अवरोध र निर्माण सामग्रीको आपूर्ति असहज जस्ता बाहना झिकेर काम हुन नसकेको तर्क प्रस्तुत गर्छन । सरकारी निकाय भने निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तीले ठेक्काको समय सकिइसक्दा भौतिक प्रगति आधा पनि नपुगेको बताउँछन् ।यो निर्माण कम्पनी र सरकारी अधिकारी वीचको रेडिमेड तर्क हो । हरेक वर्ष यही तर्कको पुनरावृति हुने गर्छ र ठेक्काको कामको दुर्गती गरिन्छ ।चालु अर्थिक वर्षमा पर्सा जिल्लाको गादी खोला,भेडाहा खोला पर्सागढीको कर्जनाहा खोलाबाट गिट्टी बालुवाको उत्खनन भयो । गादी खोला र जमुनीया खोलामा ठेकेदारहरु हरिनारायण रौनीयार,सिहासन कलवार ,जहुर मिया, मन्जुर अन्सारीकोको जेसीवी नै पसेर गिट्टी वालुवाको उत्खनन गरेका छन ।यसो गर्नकालागि पर्साको स्थानीय प्रशासन र जनप्रतिनिधिले लिखित निर्णय समेत गरेर दिएका थिए । ठेकेदार पक्षले निर्माण सामाग्री पाइन भन्नु फेरी पनि नागरिकलाई धोखा दिनु हो । २०७४ मंसिरमा कार्यादेश लिएका कम्पनीले यही जेठभित्र आयोजना पूरा गर्नुपर्ने थियो । ठेक्काको म्याद सकिइसकेपछि निर्माण सामग्री पाइनँ भनेर प्रचार गर्नु बाहानाबाजीमात्रै भएको हुलाकी आयोजना प्रमुख पाण्डे तर्क छ । ईसिमाना

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here