ग्यालेक्सी युथ क्लबको अध्यक्षमा राजेश पटेल चयन

0
258
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,असार ६
वीरगंज १४ पिपरमा रहेको ग्यालेक्सी युथ क्लबको आज पुर्नगठन एवं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । २५ बर्ष पुरानो क्लबको अध्यक्षमा वीरगंजका चर्चित फुटबल खेलाडी राजेश पटेल चयन भएका छन । नेपाली काँग्रेसका नेता एवं समाजसेवी रामनारायण कुर्मीको प्रमुख आतिथ्यमा आज बिहान सम्पन्न भेलाले पटेलको अध्यक्षतामा १३ सदसीय समिति गठन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा बेदप्रकाश कुर्मी ,सचिव साजन कुमार पटेल, सहसचिव हरेराम पटेल, कोषाध्यक्षमा अमित पटेल,सदस्यहरुमा राजेश्वर कुमार पटेल,श्यामबाबु पटेल, अनुज पटेल, कासिम मियाँ अंसारी, नविन राम, सत्रुधन पटेल, आकाश पटेल, महिला सदस्य किरण पटेल रहेका छन । सो अवसरमा नृसिंग माध्यमिक बिद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल,समाजसेवी हरी गौतम, नेकपाका युवा नेता अनिल पटेल,हरेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here