नेवि संघ पर्साको आयोजनामा वीरगंजमा आकस्मिक रक्तदान, १०१ जनाद्वारा रक्तदान

0
138
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, असार ६
नेबि संघ पर्साको आयोजनामा आज आकस्मिक रक्तदान कर्यक्रम सम्पन्न भएको छ। ने बि संघ कार्यवाहक अध्यक्ष बिकेश पटेल को अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका छन । वीरगंज महानगरपालिका वडा नं १४ पिपरामा रहेको सातोमाइ मन्दिरमा आयोजित रक्तदान कार्यक्रममा विश्वास रिजाल, अनुज पटेल, वृजमोहन गुप्ता, विरेन्द्र कापरी, अजितकुमार सिंहलगायतले रक्तदान गरेका छन । पर्सा सभापति अजय द्विवेदिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सचिव श्याम पटेल नगर कार्य समिति सदस्य अर्बिन्द गुप्ता जिल्ला सदस्य रोशन लामीछाने रामबाबू पटेल ,किसान संघ का केन्द्रिय सदस्य बिरेन्दर यादव ,नेवि संघका सुधीर पटेल बद्री नारायण तिवारी लगायतको उपस्थिती रहेको थियो । यसैगरी सामूदायिक सेवा केन्द्र वीरगंज ११ श्रीपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ जना महिलासहित ४५ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी पर्साका कार्यालय प्रमुख उदयराज शर्माले बताउनुभयो । वडा प्रहरी कार्यालय श्रीपुका प्रहरी निरिक्षक दीपक साहको प्रमुख आतिथ्यमा र सामूदायिकका सचिव दिलिप प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदिप दुङगना,जयालाल साह,आशिष सरार्फ,लालुमाया गुरुङ ,बिधान तामाङ रोशन अधिकारी ,सिलु गौतम ,ममता कुमारी गुता गीता चौहान लगायतले रक्तदान गर्नु भएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here