वीरगंजबाट २ बालक सहित ११ जना कोरोना संक्रमित डिस्र्चाज

0
297
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, असार ८
वीरगन्जको गण्डकस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा उपचाररत २ बालक सहित ११ जना कोरानालाई जितेर घर फर्किएका छन्। अस्पतालमा उपचाररत रहेका ४३ मध्ये सोमबार ११ जनालाई सोमबार डिस्चार्ज गरी घर पठाइएको अस्पतालका कोर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए । डिस्चार्ज हुनेहरुमा पर्साको सखुवा प्रसौनी गाँउपालिका २ गुलरीयाका डेढ र ३ वर्षका २ बालक र उनीहरुकी आमा गरी ३ जना, जगरनाथपुर गाँउपालिका ६ का ८ जना पनि डिस्चार्ज भएका हुन्। त्यसैगरी गुलरीयाका ३ जना आमा छोरा रहेको डाक्टर सिंहले जानकारी दिए । भारतबाट फर्किएर गाँउको क्वारेन्टाइनमा बसेका सखुवा प्रसौनी गाँउपालिकाको गुलरीयाका एक महिला र उनका २ छोरामा जेठ २५ गते र जगरनाथपलिकाको ८ जनामा भने जेठ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पु्ष्टि भएकै दिन उनीहरुलाई वीरगन्जको गण्डकस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा ल्याएर राखिएको थियो। कोभिड अस्पतालमा दुई हप्ता राखिएका उनीहरुको पछिल्लो पिसिआर रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्यमा कुनै समस्या पनि नरहेकाले आठै जनालाई डिस्चार्ज गरेर घर पठाइएको अस्पतालका कोर्डिनेटर सिंहले बताए। अस्पतालमा अब ३२ जना मात्रै संक्रमित उपचाररत छन् ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here