जगरनाथपुर गाँउपालिकाको निति तथा कार्यक्रम सम्पन्न, शिक्षा,स्वास्थ्य र कृषिलाई प्रथामिकतामा राखिएको छ – प्रमुख प्रशासकिय अधिकृत गिरी

0
137
Ad_Article_Top
Share :


वीरगंज,असार ९
जगरनाथपु गाउँपालिकाले आर्थिक वर्ष ०७७ ÷०७८ को निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमबार एक कार्यक्रमका बिच आर्थिक वर्ष नीति तथा कार्यक्रम सम्पन्न भएको हो। नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि र भौतीक पूर्वाधार बिकासलाई प्रथामिकतामा राखिएको प्रमुख प्रशासकिय अधिकृत अमित गिरीले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा प्रथामिकतामा रहेको बिषयमा त्यही अनुरुपको बजेट समेत बिनियोजीत गरेर प्रतिफल प्राप्त हुने गरि काम गरने अधिकृत गिरीले बताउनु भयो । नीति अनुसार प्रथामिकतामा परेका भौतिक सडक पूर्वधारलाई प्राथमिकतामा राख्दै पूर्वधार विकासमा जोड दिने, कक्षा ८ देखी माथीका छात्र छात्राहरुलाई साइकल वितरण गर्ने, जेहन्दार विद्यार्थी र राम्रो नतिजा ल्याउने विद्यालयलाई पुरस्कृत गर्ने, ५० शैयाको अस्पताल निर्माणको लागि पहल गर्ने, स्वास्थ्य संस्थाहरुको सुदृढीकरण गर्दै राम्रो सेवा प्रवाह गर्ने, पर्यटन प्रवद्र्धनको लागि मठ, मन्दिर र मस्जिदलाई सौन्दर्यीकरण गर्ने काम गरिने उहाँले बताउनु भयो । गाउँपालिका अध्यक्ष जालिम मियाँको अध्यक्षतामा भएको गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष बिशमिला खातुनले नीति तथा कार्यक्रम प्रस्तुत गनुृ भएको थियो । सभामा सम्पूर्ण वडाका वडाध्यक्ष, वडा सदस्य तथा सम्पूर्ण गाउँ सभा सदस्यहरुको सहभागिता रहेको थियो । स्थानीय तहले असार १० गते आगामी आर्थिक वर्षकालागि नीति तथा कार्यक्रम प्रस्तुत गरिसक्नु पर्ने सम्बैधानिक प्रावधान रहेको छ । स्थानीय तह यतिवेला नीति निर्माणमा ब्यस्त रहेका छन । यस पटक जगरनाथपुर गाउँपालिका भने नीति तथा कार्यक्रम प्रस्तुत गर्नेमा पहिलो भएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here