युवा संघ नेपाल पर्साद्वारा वृहत रक्तदान

0
415
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,असार १३
युवा संघ नेपाल पर्सा जिल्ला कार्य समितिको आयोजनामा आज वीरगंज घन्टाघरमा बृहद रक्तदान कार्यक्रमको सम्पन्न भएको छ । नेकपाका तत्कालिन महासचिब जननेता स्वर्गीय मदन भण्डारीको ६९ औं जन्म जयन्तीको अवसरका आयोजना गर्रिएको रक्तदान कार्यक्रम नेकपा पर्साका अध्यक्ष प्रभु हजराको मुख्य आतिथ्यमा भएको हो । कार्यक्रममा ३महिला सहित ११३ जनाले रक्तदान गरेका छन । रक्तदान गर्नेहरुमा भैयाराम पटेल, अमरेन्द्र पटेल,मंगेश्वर पटेल,पुजा बस्नेत ,तिवारी यादव, वृजलाल पासवान लगायतकाले रक्तदान गरेको युवा संघ नेपालका अनिल पटेलले जानकारी दिनुभयो । सो अवसरमा अध्यक्ष हजराले समाज परिवर्तनका लागि युवा संघ समायको माग अनुरुप अघि बढन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज दिनेश राइले मुलुकको अग्रगति तथा प्रगतिका लागि युवासंघको भूमिका महत्वपुर्ण हुने बताउनु भयो । कार्यक्रमका बक्ताहरुले स्वा. मदन भण्डारीले लोकतन्त्र र नेपालको कम्युनिष्ठ आन्दोलनमा पुरयाउनु भएको योगदान बारे प्रकाश पारेका थिए । युवा सघ नेपाल पर्साका अध्यक्ष महमद निजामको सभापतित्वमा भएको कार्यक्रममा नेकपा नेताहरु बालगोपाल थापा, राजकुमार गुप्ता, किशोरी कुशवाहा, बाबुराम कौशिक, गंगा खडका, बलिराम साह, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्षका केसी लामिछाने, महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नेताहरु बिकास रौनियार, नवराज शर्मा अरुण यादब, श्याम गुप्ता, राघव साह, बृजलाल पासवान, नन्दकिशोर पंजीयार, अखलेस साह, संजीब मिश्रा, लगायतको सहभागिता थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here