नागरिकता बिधेयक फिर्ता लिन माग गर्दै वीरगञ्जमा जसपाले गरे प्रदर्शन

0
174
Ad_Article_Top
Share :

वीरगञ्ज १६ असार : सरकारले सदनमा पेश गरेको नागरिकता बिधेयक फिर्ता लिन माग गर्दै आज जनता समाजवादी पार्टीले बीरगंजको घन्टाघरमा प्रदर्शन गरेको छ । नागरिकता बिधेयक पारित भएमा भारतको सिमावर्ती क्षेत्रमा बसोबास गर्ने ब्यक्तिहरुले भारतीय महिलासंग बिवाह गरेमा त्यसको सात बर्षपछि मात्र नेपाली नागरिकताको प्रमाणपत्र दिने प्रावधान राखिएको हुनाले त्यसको खारेजीको माग गर्दै पुर्ववर्ती ब्यबस्थाको आधारमा नै नेपाली नागरिकता दिनुपर्ने माग जनता समाजवादी पार्टीले माग गरेको छ ।

बर्षातको मौसम र कोभिडको माहामारीको बीचमा पनि समाजीक दूरीलाई अवज्ञा गर्दै ठूलो संख्यामा जनता समाजबादी पार्टीका नेता तथा कार्यकर्ताहरुको संलग्न प्रदर्शनमा रहेको थियो ।

सो अवसरमा माननीय सांसदहरु, प्रदेश सभाका सदस्यहरु, बीरगंज महानगरपालिका नगरप्रमुुख बिजय कुमार सरावगी लगायत स्थानीय तहका जनप्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो । बिरोध कार्यक्रममा नागरिकता बिधेयकको फिर्ता बर्तमान सरकार बिरुद्ध चर्को नारावागी समेत गरिएको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here