ठोरी ३ को बुद्धचोकबाट बेलपिपल जाने सडककोे शिलान्यास

0
99
Ad_Article_Top
Share :

वीरगञ्ज १६ असार : ठोरी गाउँपालिका वडा ३ बुद्धनगरमा पर्ने बुद्धचोकबाट बेलपिपल जाने सडक स्तरोन्नति गरेर पक्की सडक बनाउन लागिएको छ । चालु आर्थिक वर्ष २०७६ / ७७ मा विनियोजन गरेको रु १३ लाख बजेटबाट स्तरोन्नति गर्न लागिएको उक्त सडकको आज एक कार्यक्रमकाबीच ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले शिलान्यास गरेका छन् । सो अवसरमा वडा ३ का वडाध्यक्ष सुर्य बहादुर लामा ,स्थानीयबासी र उपभोक्ता समितिका पदाधिकारीहरुको पनि उपस्थिति थियो । ठोरी गाउँपालिकाभित्र रहेका हुलाकी सडकसंग जोड्ने शाखा बाटोहरुलाई स्तरोन्नति गरेर पक्की बनाउदै लैजाने योजना अनुरुप उक्त सडकलाई स्तरोन्नति गर्न लागिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । आजबाट ढलान सुरु गरिएको उक्त सडक आगामी एक साताभित्र निर्माण सम्पन्न गरिने सडक निर्माणको जिम्मा पाएका उपभोक्ता समितीका अध्यक्ष राजु खड्काले जानकारी दिए।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here