लायन्स क्लबले नपालाई भिटिएम उपलब्ध गरायो पर्सालाई कोरोना मुक्त बनाएरै छाड्छु : मेयर सरावगी

0
67
Ad_Article_Top
Share :

वीरगञ्ज १६ असार : लायन्स क्लब अफ बीरगंज मिलेनियम एमजेएफले आज कोरोना भाइरसको टेष्ट गर्न आवश्यक पर्ने ४ हजार ५ सय थान भिटिएम किट बीरगंज महानगरपालिकाई हस्तान्तरण गरेको छ । बीरगंजको होटल लर्डस दियालोमा आयोजित हस्तान्तरण कार्यक्रममा बीरगंज महानगरपालिकाको प्रमुख बिजय कुमार सरावगीले बीरगंजलाई कोरोना मुक्त बनाउको लागि महानगरपालिकाले कुनै कसर बाँकी नराखि योजनाबद्ध रुपमा अघि बढेको धारणा राख्नुभएको थियो । उहाँले मानवीय काममा पनि राजनीति हुने परिपाटी बिद्यमान रहेको भएपनि त्यसलाई समेत परवाह नगरि बीरगंज बासीहरुले कोरोना नियन्त्रण अभियानमा प्रयाप्त सहयोग गरेको समेत बताउनुभयो ।

उहाँले बीरगंजमा ५० हजार मानिसको कोरोना परिक्षण गरि पर्सालाई कोरोनामुक्त जिल्ला बनाएर छाड्ने दृढता समेत ब्यक्त गर्नुभयो ।, कार्यक्रमा संबिधान सभाका सदस्य अनिल रुंगटाले पुरै विश्व कोरोना संगै लडिरहेको हुनाले महानगरले यस्को नियन्त्रणको लागि गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुभयो । कार्यक्रममा लायन्स क्लबका पुर्ब अन्तराष्टिय डाइरेक्टर संजय खेतानाले लायन्सले समाजिक क्षेत्रका हरेक पटक सहयोगका लागि कुनै कमी हुन नदिने काम गरेको धारणा राख्नुभयो भने पुर्ब डाइरेक्टर रमेश अग्रवालले आफुहरुले नपालाई आवश्यक भिटिएम र अन्य आवश्यक समाग्री उपलब्ध गराउन तयार रहेको धारणा राख्नुहुँदै भुकम्पको बेलामा नेपालमा एक अर्व सहयोग ल्याइएको भएपनि सरकारी नीतिका कारणा ५० करोड फिर्ता गर्न परेको पीडा समेत पोख्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, लायन्स अभिभावक डाक्टर आरपी खेतान, नारायणी अस्पतालका प्रमुख डाक्टर मुदन उपाध्याय, रामबिहारी पाण्डे, दाताको तर्फबाट बिशाल पटवारी, लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । लाइन्स क्लबका अध्यक्ष सज्जन अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा देवकी अग्रवालले कार्यक्रमको संचालन गनुृभएको थियो ।

कार्यक्रममा मेसु मदन उपाध्यायलाई नगर प्रमुख बिजय कुमार सरावगीले लाइन्स क्लबले उपलब्ध गराएको किट हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा दाता केतन गुप्ता, निर्मल गुप्ताको पनि सहभागिता रहेका थियो । कार्यक्रममा सहभागिहरुलाई बिपिन कुमार पोखरेलले सहभागिहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा लायन्स क्लबका पदाधिकारी तथा सदस्यरु, बैंकर्स, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । लायन्स क्लबले निरन्तर रुपमा अन्य क्षेत्रमा पनि सहयोगका योजना बनाइरहेको कुरा बिजय कुशवाहा बताउँछन । कार्यक्रममा नगरप्रमुखका राजनीतिक सल्लाहाकार मुकेश द्धिबेदी, सज्जन अग्रवाल, नपाका प्रबक्त सन्तोष तिवारी, पिन्टु रौनियार लगायतका उद्योगी ब्यापारी तथा ब्याबसायीहरुको ृउल्लेख्य सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here