एमसीसी खारेजीको माग गर्दै वीरगञ्जमा प्रदर्शन

0
75
Ad_Article_Top
Share :

वीरगञ्ज १७ असार : अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । राष्ट्रिय एकता अभियान पर्साले वीरगञ्जको घण्टाघर चोकमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा सहभागी युवाहरुले एमसीसी ‘राष्ट्रघाती’ रहेको भन्दै खारेज गर्न माग गरेका छन् । उनीहरुले ‘विकासको नाममा देश बेच्न पाइँदैन’, लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । एमसीसीविरुद्धको ¥याली माईस्थानबाट घण्टाघरसम्म पुगेको थियो । सरकार एमसीसी सम्झौता जसरी पनि पास गर्न लागिपरेको भन्दै त्यसको चौतर्फी विरोध हुँदै आएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here