पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट गराउने मुख्य योजनाकार पक्राउ

0
42
Ad_Article_Top
Share :

वीरगञ्ज १७ असार : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिष्फोट गराउने घटनामा संग्लन मुख्य योजनकारलाई प्रहरी पक्राउ गरेको छ । फरार रहेका मुख्य योजनाकार ने.क.पा. (विप्लव समुह) भक्तपुर जिल्लाका सेक्रेटरी ऐनबहादुर शाही भन्ने विजय शाहीलाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो । शाहीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले असार १५ गते पक्राउ गरेको प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिएका छन् । पक्राउ परेका शाहीलाई भक्तपुर अदालतवाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी प्रनाउ गिरीले जानकारी दिएका छन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here