बहुअरीमा कक्षा १ देखी १० सम्मका बिधार्थीहरुको फ्री टिउसन कक्षा संचालन

0
343
Ad_Article_Top
Share :

वीरगञ्ज २२ असार : बाराको परवानीपुर गाउँपालीका वडा नं ५ स्थित बहुअरी टोलमा आज देखी फ्री टिउसन कक्षा संचालन भएकोे छ । बहुअरी क्रिकेट क्लबको आयोजनामा कक्षा १ देखी कक्षा १० सम्मका बिधार्थीहरुको लागी आज देखी पठन पाठन सुरु गरिएको क्लबका अध्यक्ष सुनिल पटेलले बताउनु भयो । विश्वमा फैलिएको कारोना भाईरसको माहामारीलेगर्दा स्कुलहरु बन्द रहेको अवस्थामा र बिधार्थीहरुको र्फुसतको समयलाई सदुपयोग गर्ने उदेश्यले फ्रि टिउसन कक्षा संचालमा ल्याईएको अध्यक्ष पटेलले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी ठाकुरराम क्याम्पसका प्रध्यापक डां प्रमोद यादवले कार्यक्रमको उद्धघाटन गर्दै बहुअरी क्रिकेट क्लबले धरै नै सहरानीय कामको आयोजना गरेकोमा क्लबका सदस्यहरुलाई धन्यबाद दिनुभएको थियो । साथै वहाले आउने दिनहरुमा यस क्लबले अझै राम्रा कामहरु गर्न शुभकामना दिनुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि नेशनल मेडीकल कलेजका डां पवन पटेलले बिधार्थीहरुलाई नियमित कक्षामा उपस्थिती हुन आग्रह गर्नुभएको थियो । वहाले न जानेको कुरा आफनो शिक्षकसंग निर्धक रुपमा सोध्न आग्रह गर्नुभएको थियो ।

क्लबका संस्थापक सचिव श्याम रामले बिधार्थीहरुलाई अनुशासनमा बसेर शिक्षा आर्जन गर्न र सिकेको कुरालाई आफनो ब्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो । सो कक्षा संचालनको जिम्मा शिक्षक विशाल पटेल , शिक्षक आर्य पटेल, शिक्षक रोहित यादव लगायतलाई दिईएको छ । सो अवसरमा कक्षा १ देखी कक्षा १० समम्का बिधार्थीहरुको उपस्थिती रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here