तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि

0
108
Ad_Article_Top
Share :

वीरगञ्ज २२ असार : तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रुका कर्मचारी रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ । नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तव्यमा खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो । त्यसैगरी गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ नयाँ संक्रमित थपिएसँगै प्रदेशको कुल संक्रमित संख्या ११ सय १३ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीकाअनुसार पोखरा महानगरपालिकाका ५१ वर्षिय महिलासहित लमजुङमा ११ र बागलुङमा ५ जनामा कोरोना पुष्टि भएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here