असारे विकासको कुप्रभाव देशभरी छ नगरवासीलाई निःशुल्क पिसिआर टेष्ट गर्छु : सरावगी

0
51
Ad_Article_Top
Share :

वीरगञ्ज, २७ असार : वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले नगरवासीहरुको निम्ती आफूले निःशुल्क पिसिआर टेष्ट गरेर विगतका दिनमा गरेको वाचालाई पुरा गरेरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ । उहाँले वीरगञ्ज महानगरपालिकामा झण्डै ५० हजार घरधुरी रहेकोले प्रत्येक घरबाट कम्तिमा एक÷एकजनाको पिसिआर टेष्ट गराई कोरोना मुक्त प्रमाणपत्र दिने तालिका नगरपालिकाले निर्माण गरेको र यसलाई यसै सातादेखि सुरु गरिने दृढता समेत व्यक्त गर्नुभएको छ । आवाज एफएम ८८ मेगाहर्जको समय सन्दर्भ कार्यक्रममा बोल्नु हुँदै नगरप्रमुख सरावगीले नगरवासीहरुले चन्दा दिएर खरिद गरिएको पिसिआर मेसिनको प्रयोग गरी गरिएको कोरोना परीक्षणको रकम तोक्ने अधिकार केन्द्र सरकारलाई नभएको बताउनु हुँदै आफूले निःशुल्क कोरोना परीक्षण गरेर नगरवासीको रकम नगरवासीको हितमा खर्च गर्ने बताउनुभयो । प्रमुख सरावगीले अनेक खालका समस्याहरुको बीचमा पनि नगरवासीहरुको धैर्यताले अब चाँडै वीरगञ्ज कोरोना मुक्त हुने समेत उहाँले जानकारी गराउनुभयो । नगरप्रमुख सरावगी वर्षातको समयमा वीरगञ्ज महानगरका विभिन्न ठाउँहरु डुबानमा पर्न लागेको कुरालाई आत्मसाथ गरेर त्यसअनुसारको योजना अवलम्बन गरी डुबानबाट बचाउन सम्भाव्य सबै उपाय अपनाइएको समेत बताउनुभएको छ । उहाँले अनेक खालका समस्याका बीचमा पनि कोरोनालाई नियन्त्रण गर्नका निम्ती वीरगञ्ज महानगरवासीहरुले देखाएको सम्यन्ता प्रति आफू हर्षित भएको धारणा समेत राख्नुभयो । मेयर सरावगीले एडिबीले बनाएको नालाका कारण वीरगञ्ज तुलनात्मक रुपमा डुबानमुक्त तर्फ जाने अपेक्षा गरिएको पनि बताउनुभयो । मेयर सरावगीले असारे विकासको कुप्रभावको सिकार पुरै देश परेकोले त्यसको छिटा वीरगञ्ज महानगरपालिका भित्र पर्नु स्वभाविक भएको बताउनुहुँदै सखभर विकासका निम्ती विनियोजित रकम खर्च गर्ने र नगरवासीको हितमा प्रयोग गर्न सबै संयन्त्र परिचालन गरिएको समेत उहाँले बताउनुभयो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here