अधुरा योजनाहरु समयमै सम्पन्न गराउन मन्त्री मान्नधर संग आग्रह

0
200
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, असार ३०
संबिधान सभा सदस्य एवं नेकपा नेता बिचारी यादवले अधुरा योजनाहरु समयमै सम्पन्न गराउन मन्त्री संग आग्रह गर्नुभएको छ । शहरी बिकाश राज्यमन्त्री रामबिर मानन्धर संग आज भेटगरी अधुरा योजनाहरु सम्पन्न गर्न अनुरोध गर्नुभयो । यादवले ७५ करोडको योजनाहरु सम्पन्न नहुदाँ आफनो क्षेत्रका जनताहरु निरास भएको बताउनुभयो । यादवले ठेकेदारहरुलाई कडा निर्देशन दिई समयमै योजनाहरु सम्पन्न गराउन निर्देशन दिनुभयो । यादव संबिधान सभा सदस्य हुदाँ पर्सा क्षेत्र नम्बर २का बिभिन्न गाँउ टोलहरुमा बजेट छुट्याउनु भएको थियो । यादव संगको भेटमा मन्त्री मान्नधरले अधुरा योजनाहरु तत्काल सुचारु गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । मन्त्रालयमा सांसद यादव संगै मेनेजर साह लगायतको उपस्तिथी रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here