बिकास र समृद्धिको आधार कम्युनिष्ट सरकार

कोरोना, भुकम्प, बाढी र टोनार्डो सबैको सहारा बन्यो कन्युनिष्ट सरकार : गुप्ता

0
248
Ad_Article_Top
Share :
meropathsala.com

संविधान सभाका सदस्य तथा नेकपा पर्साका नेता राजकुमार गुप्ता यस भेगका लागि नयां नाम होइन, जिल्ला उच्चाङ्गल माध्यमिक बिद्यालय पोखरीयामा माबिमा अध्ययन गर्दा गर्दै बिद्यार्थी राजनीतिमा होमिनुभएका गुप्तालाई पर्सामा अडान र जनाधारयुक्त नेताको रुपमा परिभाषित गरिन्छ । जनता तथा कायर््कर्ताको हरेका काम गर्दा कसैको पनि कुभलो नचिताउने नेता गुप्ताकै कारण तत्कालिन अवस्थामा पर्सा जिल्ल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट तत्कालिन अवस्थामा निकै दवदवा मानिने नेपाली काँग्रेसका नेता अजय चौरसियालाई पराजित गरेपछि उहां चर्चाको शिखरमा पुग्नुभयो । अहिले नेकपाका सरकार छ तरपनि जनताको गुनासो चुलिएको बेलामा उहांसंग गरिएको कुरा सान्दर्भिक हुने हुनाले प्रकािशत गरेका छौं ।

तपाईको पार्टीको सरकार छ तर जनताले कुनै खुशि बांड्न पाएनन किन ?

हेर्नुहोस इतिहांसमा नै सबैभन्दा बढी प्रगतिशील चरित्रको सरकार हो यो, हाम्रा नेताहरुले वर्तमान सरकार बनाउनको लागि निकै ठक्कर र हण्डर खाएका छन् । अनेक खालको यातान र दमनको शिकार भएका छन् र त्यसको परिणाम स्वरुप निर्माण भएको सरकारले जहिल्यै पनि देश र जनताको पक्षमा काम गर्छ, तर सयौं बर्ष अघिदेखिको कुशासनको दुष्चक्रलाई एकैपटक तोड्न सकिन्न । जे भएपनि सरकारले इमान्दारीताकासाथ देश र जनताको पक्षमा काम गरेको छ शिक्षा, स्वास्थ्य, कृषी, महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्ग, एकल महिला र बिभिन्न जाती, भाषा, धर्म संस्कृति, सम्प्रदाय र समुदायको समुचित विकासको अनुभुति वर्तमान सरकारले दिलाएको छ । जनता खुशि छन र तर बांडन पाएका छैनन् यो खुशि आउँदो निर्वाचनमा नेकपालाई मतदान गरेर स्वयं जनता बाँड्न चाहन्छन् ।

तपाईको पार्टीको सरकारले देश र जनताको लागि खै के गर्‍यो ?

हेर्नुस्, यो पार्टीको नेतृत्वमा हरेक पटकको परिवर्तनमा प्रत्यक्ष रुपमा संलग्न भएर निर्णायक भूमिका खेल्यो । प्रजातन्त्र स्थापना, गणतन्त्र स्थापना, नयाँ संविधान जारी, संघीयता कार्यान्वयन, आफ्नो गाउँ, आफै बनाऔं, वृद्धवृद्धा, एकता, अपाङ्गलाई समाजिक सुरक्षा भत्ता, गाउँको विकास, सडक, सञ्चार लगायत थुप्रै क्षेत्रमा यो सरकारले धेरै ठूलो काम गरेको छ । अझ अहिले त कसैले गर्न नसकेको कालापानी, लिम्पियाधुरा, लिपुलेखको अतिक्रमित नेपाली भूमिलाई संविधान संशोधन गरेर निशान छापमा नेपालको नक्सा मै समावेश गरिनु, त्यसमा पनि सर्वसम्मत हुनु, भूकम्प पिडितहरुलाई राहत, थुप्रै भौत्तिक संरचनाको पुर्ननिर्माण, बाढी पिडितको उद्धार, पुर्नस्थापना, राहत, हावाहुरी प्रभावितलाई घर, जनता आवास मार्फत गरिब विपन्नलाई घर, रानीपोखरी, धरहराको पुर्ननिर्माण, हुलाकी राजमार्गलाई तदरुकता, पूर्वपश्चिम रेलमार्ग निर्माण प्रारम्भ, नेपाललाई लोड सेडिङ्गमुक्त, फाष्ट ट्रायक, सुरुङ्ग मार्ग, अन्तर्राष्ट्रिय निजगढ विमानस्थल, गौत्तम बुद्ध विमानस्थल, पोखरा विमानस्थल, सेज जस्ता राष्ट्रिय महत्वका परियोजना निर्माण र प्रारम्भ गरेर केहि वर्ष भित्रै नेपाललाई विश्वमान चित्रमा चिनाउने अभियान सरकारले सुरु ग¥यो । यो कम्यूनिष्ट नेतृत्वको सरकार बाहेक अरु कसैले गर्ने साहस छैन ।

यी त भए, अब तपाईको पर्साको नेता, पर्सेली जनताले कम्यूनिष्टसँग के पाए त ?

हेर्नुस्, पर्सेली जनत मात्रै हैन, नेपाली जनताले हामी नेपाली हौं भनेर गर्व गर्ने अवस्था निर्माण भएको छ । नेपालको प्रवेशद्वार वीरगञ्ज मै छ । हजारौं औद्योगिक, कलकारखाना यसभेग मै छन् । झण्डै एक लाखको हाराहारीमा मजदुर कर्मचारीहरु ती कारखानाहरुमा कार्यरत छन् । त्यसले एकातिर रोजगारी प्रवद्र्धन भएको छ, भने अर्को तिर हर नागरिकको जीवनस्तर माथि उकास्न मद्दत पुगेको छ । ठाउँ–ठाउँमा सडक निर्माण, कालोपत्रे, प्रधानमन्त्री कृषि कार्यक्रम मार्फत कृषकहरुलाई सहुलियत, माछा पालन, तरकारी खेती, बाख्रा पालन, कृषि ऋण मिनाहा लगायत थुप्रै काम पर्सेली जनताले प्रत्यक्ष रुपमा अनुभूति गर्ने खालका कामहरु भएका छन् । हजारलाई घर निर्माण गरी दलितलाई हस्तान्तरण गर्नु, काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीका सञ्चालकलाई दण्डित गर्नु, शहरी विकासको अवधारणा ल्याउनु, यूवा विकास, प्रधानमन्त्री रोजगार कार्यक्रम, चुरे संरक्षण अभियान, पर्यटन प्रवद्र्धन, इतिहास मै पहिलो पटक धानको मूल्य निर्धारण गर्नु, मलमा अनुदान दिनु, शैक्षिक प्रमाणपत्र राखेर कर्जा उपलब्ध गराउनु जस्ता काम कम्यूनिष्ट नेतृत्वको सरकारले गरिरहेको हुनाले सबै जनता खुसी हुनु स्वभाविक हो । तर यतिले मात्र जनता सन्तुष्ट छैनन्, त्यस कुरालाई मध्यनजर गरी सबै पर्सेली जनतालाई आत्मसम्मानका साथ कम्यूनिष्ट नेतृत्वको सरकार भनेर बोल्ने अवसर दिन नसकिएको होला । अनेकखालका आंकाक्षा छन्, एकैपटक पुरा हुन्न । कोरोना भाइरसले देश आक्रान्त छ । तैपनि सरकारले अभिभावकत्व ग्रहण गरेको छ । विदेशमा अलपत्रमा परेकाहरुलाई नेपाल ल्याउने अभियान चलाएको छ । कहिले पनि हुन नसकेको काम जस्तै विदेशमा सयौंको संख्यामा रहेको मृतकहरुको लास नेपाल ल्याएर परिवारहरुलाई जिम्मा लगाउने काम गरेको छ । त्यसैले आत्तिनु हुन्न र प्रचण्ड बहुमतमा छौंँ भनेर मात्तिनु पनि हुन्न । सबै काम जनतालाई केन्द्रमा राखेर गरियो भने निश्चय नै समृद्धि नेपाल र सुखी नेपाली अवधारणा पर्सेली जनताले समेत अनुभूति गर्न पाउँछन् ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here