भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्साले पक्षपात गरेको भन्दै किसानद्वारा उजुरी

0
67
Ad_Article_Top
Share :

वीरगंज,साउन २
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्साले पशु किसानहरुलाई अनुदान उपलब्ध गराउने क्रममा पक्षपात गरेको भन्दै उजुरी परेको छ । जिल्लाका १८ देखि ५० वर्ष उमेर समूहका अर्धबेरोजगार र बेरोजगार युवाहरुबाट व्यवसायिक गाई, भैंसी र बाख्रा पालनका लागि दरखास्त आह्वान गरिएको थियो । आठ वटा विभिन्न शीर्षकमा प्रस्तावकको ३० प्रतिशत साझेदारीमा २ लाखदेखि ४ लाखसम्म अनुदान दिने व्यवस्था भएकोमा केन्द्रले पक्षपात गरि बास्तविक पशुपालक किसानलाई अनुदान उपलब्ध नगराई, मापदण्ड नपुगेहरुलाई उपलब्ध गराएको पर्सागढी नगरपालिका–३ निवासी आशिका तामाङको आरोप छ । बलाङ्ग गाई भैंसी फर्म दर्ता गरेर उनले गाई–भैंसी, बाच्छा–बाच्छी, पाडा–पाडी २२ वटा पाल्दै आएकी छन् । गाउँमा पशुपालन नै नगरेकाले अनुदान पाएको तर आफूले अनुदान नपाएको तामांगको भनाई छ । ‘व्यवस्थित गोठ छ, गाईवस्तुको बीमा गरेकी छु, घाँस खेती पनि छ,’ उनले भनिन्, ‘प्राविधिक सल्लाहले पशु पाल्दै आएकी छु तर अनुदान दिने बेलामा छाँटिदिएछन् ।’ अनुदान पाउने किसान छनौटमा केन्द्रले मनोमानी गरेको भन्दै पर्साका किसानहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत दिएको छन् । उजुरी उपर यथाशिघ्र छानविन गरि कारवाई हुनु पर्ने पक्षमा पर्सेली किसानहरु एक भएको पर्सागढी–३ औरही निवासी भुमा अधिकारीले बताउनु भएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here