नेकपा युवा नेता यशवन्त यादवको सक्रियतामा बाटो मर्मत

0
135
Ad_Article_Top
Share :


वीरगंज,साउन ८
नेकपाका युवा नेता यशवन्त यादवको बिशेष पहलमा पर्साको संखुवा प्रसौनी गाँउपालिकाको बिग्रेको बाटो मर्मत गरिएको छ । बर्षाको पानी जमेर हिलाम्य बनेको दुई वडाको सडक नेता यादवको पहलमा मर्मत गरिएको छ ।

गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले गर्नुपर्ने कार्य युवा नेता यादवले गरेपछी स्थानीय हर्सित भएका छन । वडाबाट निर्वाचित वडा अध्यक्ष लालबहादुर यादव र गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले बाटो बिग्रेर स्थानीयलाई सास्ती हुँदा समेत कुनै ध्यान दिएका थिएनन । बाटो बिग्रिंदा उक्त सडकमा आवात जावतमा समस्या भएको थियो । सवारी सधान र पैदल यात्रा गर्न समेत कठिनाई भएको बेला नेता यादवले टुक्रा ईटाहरुको प्रयोग गरि बाटो मर्मत गरि आवतजावत सहज बनाए थिए । बर्षायाममा सो सडक भएर हिडनै नसक्ने अवस्था थियो । तत्कालको लागि समस्या समाधान गरिएको नेता यादवले आवाज न्युजडटकमलाई जानकारी दिनुभयो ।

निर्वाचित जनप्रतिनिधि गायब छन्, भ्रष्टचारमा व्यस्त छन्,’ यादवले भने, ‘उनीहरुको अनुपस्थितिमा मैले सडक मर्मत गर्न लगाएको हुँ, उनीहरुलाई लज्जाबोध गराउँन मैले यस्तो कदम उठाउँनु परेको हो ।’

गाउँपालिकाको वडा नम्बर ५ का केही भाग र वडा नम्बर ६ को बाटोको नेता यादव, एकाई समितिका राजकिशोर सहनी, अमिताभ साहलगायतको सहभागितामा मर्मत गरिएको हो । यादवले अगामी दिन जनप्रतिनिधिहरुले मर्मत सम्भारका लागी यसतर्फ ध्यानाकर्षण गर्ने र समस्याका समाधान गर्नेपनि आग्रह गरेका छन ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here