प्राधिकरण वितरण केन्द्र वीरगञ्जले ३४ करोड युनिट विद्युत् बिक्रीबाट सवा ३ अर्ब राजश्व सङ्कलन

0
79
Ad_Article_Top
Share :

वीरगञ्ज ८ साउन : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले आर्थिक वर्ष २०७६र७७ मा रु ३४ करोड १७ लाख ७१ हजार ९८३ युनिट विद्युत् बिक्री गरी रु तीन अर्ब २५ करोड २३ लाख ७७ हजार ५२१ राजश्व सङ्कलन गरेको छ ।

वितरण केन्द्रले गत आवमा कालोसूचीमा रहेका ग्राहकमध्ये ३७ ग्राहकलाई जरिवाना गरी रु १८ लाख ८१ ह्जार ६४८ उठाएको केन्द्र प्रमुख शम्भु कुसियत यादवले बताए । खम्बामा तार घुसाउने र मिटरबाट विद्युत् चुहावट गर्ने ११० ग्राहकलाई कारवाही गरी रु २५ लाख ९० हजार जरिवानावापत उठाइएको सो कार्यालयले जनाएको छ ।

सत्चालीस हजार ८२९ उपभोक्ताले विद्युत् प्रयोग गर्दै आएकामा केन्द्र एक हजार २२८ ग्राहकको लाइन काटी रु पाँच करोड ३८ लाख बक्यौता उठाउन सफल भएको छ । विद्युत् चुहावटलाई ४ दशमलव ५ प्रतिशतमा झार्ने वार्षिक लक्ष्य रहेकामा कार्यालयले कडाइ गरी अहिले वार्षिक विद्युत् चुहावट ३ दशमलव ८ प्रतिशतमा झारेको छ । केन्द्रले विद्युत् चुहावट रोक्न नियमित छड्के तथा अनुगमन थालेको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here