कोरोना महामारीले रोकिएको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ देखि फेरि सुरु गर्ने तयारी

0
94
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज ८ साउन : कोरोना भाइरस महामारीले रोकिएको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ देखि फेरि सुरु गर्ने तयारी अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको छ । कोरोना महामारीको संक्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि लकडाउन लागु गरेपछि फुटबल टिमको प्रशिक्षण रोकिएको थियो ।

सरकारले चार महिनापछि हिजो लकडाउन खुल्ला गरेपछि अब खेलकुदको लागि प्रशिक्षण गर्ने बाटो खुलेको हो । नेपालले विश्वकप छनोटअन्तर्गत अक्टोबर–नोभेम्बरमा घरेलु मैदानमा खेल्दैछ । त्यसैका लागि एन्फाले लकडाउन जारी रहेकै बेला जुलाई पहिलो सातादेखि प्रशिक्षण सुरु गर्न पहल गरेको थियो ।

तर युवा तथा खेलकुद मन्त्रालय हुँदै सीसी एमसी सम्म उक्त एजेन्डा पुगे पनि पास हुन सकेको थिएन । अब सरकारले लकडाउन खुल्ला गर्दै भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय प्रशिक्षक र प्रारम्भिक चरणका खेलहरु सुरु गर्न सकिने निर्णय गरेपछि एन्फा पनि फुटबल टिमको प्रशिक्षण सुरु गर्ने तयारीमा लागेको हो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here