वीरगञ्जमा एक घर एक व्यक्ति र कन्ट्याक्ट ट्रेसिंगमा परेका करिब सवा तीनसय जनाको स्वाब संकलन

0
135
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज ११ साउन : वीरगञ्ज महानगरपालिकाले अघि सारेको एक घर एक परिक्षण अभियान आजदेखी शुरु भएको छ । घन्टाघर स्थित रेल्वे माविको प्रारङगमा पिसिआर गर्नेु भन्दा पहिला बिधालयको भवनलाई सेनिटाइजिङ गरिएको छ ।

पर्सा जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढीरहेको अवस्थामा र समुदाय स्तरमै संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले अनिश्चितकाल सम्मका लागि निषेधाज्ञा जारी गर्दै आज दिउसो १ बजेदेखी वडा नं ९ को रेल्वे माविबाट अभियानको शुरु गरेको हो ।

आज भएको स्वाब नमुना संकलन कार्यमा पहिलो दिन ११३ जनाको स्वाब नमुन संकलन गरिएको वीरगंज महानगरका स्वास्थ्य शाखा संयोजक अरुण महतोले बताए । निषेधाज्ञा अवधिमा पनि कोरोना संक्रमणलाई न्युनिकरण गर्नका लागि मास टेस्टिंगलाई तिब्रता दिने प्रशासनले निर्णय गरेको थियो ।

कोभिड १९ संकट व्यवस्थापन समितीले माइस्थानमा कोरोना पोजेटिभ भएकाहरुको कन्ट्याक्ट टे«सिंगमा परेका २०९ जनाको स्वाब नमुना संकलन गरेको छ । समितीका सदस्य सचिव सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले स्वाब नमुना संकलन गरिएको बताए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here