सुत्केरी महिलालाई पोषण सामग्री प्रदान

0
44
Ad_Article_Top
Share :

रौतहट, १२ साउन : रौतहटको देवाही गोनाही नगरपालिकामा सुत्केरी महिलालाई पोषण सामग्री प्रदान गरिएको छ । देवाही गोनाही नगरपालिकाका नगरप्रमुख धर्मेन्द्र पटेलले गर्भवती तथा सुत्केरी महिलालाई पोषण खाद्यान्न सामाग्री तथा स्वास्थ्य सामाग्री वितरण गर्नु भएको हो । नगर भित्र रहेकी १ हजार ८ सय गर्भवती तथा सुत्केरी महिलाहरूलाई खाद्यान्न सामाग्री बितरण गरिएको हो ।

गर्भवती महिलाहरुलाई मसुरो दाल–१ किलो, मुंग–१ किलो, भटमास–१ किलो, केराउ दाल–१ किलो र चना दाल–१ किलोको साथै स्वास्थ्य सामाग्रीमा ब्रस–१ पिस, पेस्ट–१ पिस, साबुन–१ पिस, सेनिटाइजर–१ पिस सहितको खाद्यान्न तथा स्वास्थ्य सामाग्रीहरू वितरण गरिने छ । सो सामग्री बितरण कार्यक्रममा वडा अध्यक्ष ब्रह्मदेव कुर्मी, वडा सदस्य रजमन्ती देवी लगायतका सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here