वीरगञ्जमा थप १५ नयाँ संक्रमित थपियो

0
66
Ad_Article_Top
Share :

वीरगञ्ज १३ साउन : वीरगञ्जमा थप १५ नयाँ संक्रमितहरु थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा १ जना थुनुवासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राति गरिएको परीक्षणमा थप ३ स्वास्थ्यकमी ,१ महिला गरि १५ जना रहेका छन ।

संक्रमित हुनेमा ४५ बर्ष महिला र बाकि २३ वर्षका पुरूषदेखि ५६ वर्षका व्यक्तिहरु रहेका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा स्वास्थ्यकर्मी, कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका र कारखानामा कार्यरत कर्मचारीहरु पनि रहेको अस्पतालका डा। उदय नारायण सिंहले जानकारी दिए ।

उनका अनुसार इलाम जिल्लाको १ जना र बाराको १ जना अन्य बाकि पर्सा जिल्ला स्थायी ठेगाना भएका र यस जिल्लामा विभिन्न पेशा व्यवसाय गरी बसेका कोरोना संक्रमण पुष्टि भएको हो । साउन ७ गते देखि ११ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा १५ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा। सिंहले जानकारी दिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here