एशियन लाइफ इन्सोरेन्सले भुक्तानी गर्यो साढे १२ लाख मृत्यु दावी

0
76
Ad_Article_Top
Share :

कलैया साउन १३,
एशियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी वापत १२ लाख भुक्तान गरेको छ । एशियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड कलैया शाखाले बिमितको घरमै गएर सो रकम प्रदान गरेको हो ।
कलैया–८ स्थित लहेरवा टोल बस्ने ४४ वर्षीय कमल गोसाईले जिप दुर्घटनामा परी गत फाल्गुण ६ गते ज्यान गुमाएका थिए । गोसाई परिवारललाई एशियन लाइफ इन्सोरेन्सले १२ लाख ६५ हजार दुई सयको चेक घरमै गएर प्रदान गरेको हो ।
गोसाइले २०७५ चैत्र २९ गते १५ वर्षीय रु ५ लाखको दम्पती सुरक्षा प्लस बिमा गराएका थिए । पहिलो किस्ता बापत गोसाईले ४५ हजार ९ सय २९ रुपैया मात्र बुझाएका थिए ।
त्यस्तै गोसाइले २०६९ साउन ९ गते १ लाखको १५ बर्षिय अग्रिम भुक्तानी बिमा योजना गराएका थिए ।
दम्पती सुरक्षा प्लस बिमा वापत १० लाख २६ हजार पाँच सय र १५ बर्षे अग्रिम भुक्तानी बिमा योजना अन्तरगत २ लाख ३८ हजार सात सय गरी जम्मा १२ लाख ६५ हजार दुई सयको चेक प्रदान गरेको हो ।
एशियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड कलैया शाखाका प्रबन्धक शंकर परियारले गोसाईकी पत्नी मन्जु देवीलाई चेक प्रदान गर्दै भने“बिमा बचतको साथै सुरक्षा पनि हो । बिमाको महत्व बारे जानकारी गराउदै परियारले उक्त कार्यक्रममा सुरक्षित जीवन र आर्थिक अवस्थाको लागि बिमा अनिर्वाय भएको बताए ।
दम्पती सुरक्षा प्लस बिमा बापत मृत्यु दावी भुक्तान भएपनि बिमा बन्द नभएको प्रवन्धक परियारले बताए । गोसाईकी पत्नी मन्जु देवीको जोखिम बहन कायम नै रहेको र विमा समाप्तीमा ५ लाख पुन भुक्तान गर्ने प्रबन्धक परियारले प्रष्ट पारे ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here