पर्सागढी नगरपालिका अन्तर्गत रहेका स्वास्थय चौकी बन्द

0
57
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज १३ साउन : पर्साको पर्सागढी नगरपालिका अन्तर्गत रहेका स्वास्थय चौकी बन्द हुन्दा स्थानीय सेवाग्राहीहरु मर्कामा परेका छन । पर्सागढि नगरपालिका अन्तर्गत रहेका ६ जना स्वास्थ्यकर्मीहरु कोरोना पोजेटिब भए पश्चात उपचारको लागि आउने सेवाग्राहीहरु मर्कामा परेका छन । बर्षाको कारण पर्सागढि नगरपालिका लगायत ग्रामीण भेगमा सुरु भएको भाईरल ज्वरो , रुघा खोकी , ऐलर्जी , झाडापखाला , घाउखटिरा जस्ता रोगी तथा नियमित चेक जाँच गराउन आउने गर्भवती महिलाहरु स्वास्थ्य सेवाबाट बन्चित हुनु परेको पर्सागढि कि स्थानीय पार्बती खनालले बताउनुभयो । उनका अनुसार स्वास्थ्य चौकी बन्द रहन्दा निजि क्लिनिकमा उपचार गराउदा आर्थिक भार समेत बढेको उनले बताए ।

पर्सागढि नगरपालिका स्वास्थ शाखा प्रमुख योगेन्द्र प्रसाद पजियारका अनुसार स्वास्थ्यकर्मीहरुलाइ नै कोरोना पोजेटिब देखा परेको कारण अहिले तत्काल स्वास्थ्य चौकी खोल्ने अवस्था नरहेको उनले बताए । कोरोना नलागेका स्वास्थ्यकर्मीहरुको पुन पि.सि.आर टेस्ट गराइ रिपोर्ट आएपछि मात्र सावधानी अपनाइ खोलिने उनले बताए । पर्सागढि नगरपालिका अन्तर्गत ४ स्वास्थ चौकी र १ स्वास्थ केन्द्र रहेको हाम्रा सहकर्मी बलिराम शुक्लाले जानकारी दिए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here