इलामका पुरुषलाई ठोरीमा कोरोना

0
92
Ad_Article_Top
Share :

वीरगञ्ज, १३ साउन : ठोरी गाउँपालिका २ को सरस्वती माबि क्वारेन्टाइनमा बसेका एक पुरुषमा कोरोना पोजेटिभ भेटिएको छ । संक्रमित हुनेमा इलाम जिल्लाको देउमाई नगरपालिका स्थायी घर भएका ५६ बर्षीय पुरुष रहेको ठोरी २ का वडाध्यक्ष किशोर तामाङले जानकारी गराए । ठोरी गाउँपालिका २ मा रहेको सरस्वती माबि क्वारेन्टाइन मा बिगत १०÷१२ दिन देखि बस्दै आएका उनी भारतको गुजरातबाट साथीहरू संगै ठोरी आएका थिए ।

उनलाई कोरोना पोजेटिभ देखिएपछि अहिले क्वारेन्टाइनकै एउटा अलग्गै कोठामा राखिएको र उनी संगै बस्दै आएका बाँकी ३ जनालाई छुट्टै कोठामा राखिएको वडाध्यक्ष तामाङले बताए । वीरगञ्जमा रहेको कोभिड बिशेष अस्पतालमा पनि बिरामीको चाप अत्याधिक भएकोले अन्य ब्यवस्था नहुन्जेल उनलाई ठोरी २ कै क्वारेन्टाइनमा राखिने तामाङको भनाई छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here