वीरगञ्जलाई संक्रमण नियन्त्रण गर्न सबै एकमत ठाउँ दिनुस् अस्पतालमा लगानी गर्छौ : मुख्यमन्त्री

0
164
Ad_Article_Top
Share :

वीरगञ्ज, १३ साउन : मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेश नं. २ मा कोरोना भाइरस नियन्त्रण गर्न सरकारले कुनै कसर बा“की नराखेको धारणा राख्नुभएको छ । उहा“कै अगुवाईमा वीरगञ्ज उद्योग वाणिज्य संघमा आयोजित सर्वपक्षीय सरोकारवालाहरुको बैठकलाई सम्बोधन गर्नुहु“दै नारायणी अस्पताललाई प्रर्याप्त सहयोग गरिरहेको बताउनु हु“दै केहि अपुग भए त्यसको समेत व्यवस्था गर्न पछि नहट्ने दृढता व्यक्त गर्नुभयो ।

कोरोना फैलिरहेको हुनाले सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालन गर्न दलहरुले स्थान दिएमा प्रदेश सरकारले लगानी गर्ने समेत बताउनुभयो । उहा“ले सबै प्रकारको समस्या समाधान गर्न अब दल, जनप्रतिनिधी, सञ्चारकर्मी र नागरिक समाजको बीचमा एकरुपता हुनुपर्ने धारणा समेत राख्नुभएको थियो । कार्यक्रममा माननीय सांसद प्रदिप यादवले आफूले एम्बुलेन्स र शव वाहन सेवा खरिद गर्न वीरगञ्ज महानगरपालिकालाई ४६ लाख रुपैया“ दिएपनि त्यसको कार्यान्वयन नगरिएकोमा आपत्ति प्रकट गर्नुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रदेश सांसदहरु ओमप्रकाश शर्मा, राजेश्वर साह, करिमा बेगम, पोखरिया नगरपालिकाका प्रमुख मन्टु रौनियार, उपप्रमुख सलमा खातुन, नेकपाका प्रभु हजरा, नेपाली का“ग्रेसका अजय द्विवेदी, जनता समाजवादी पार्टीका रामनरेश यादव, हरिनारायण रौनियार, पत्रकार महासंघका दिपेन्द्र चौहान, श्याम बन्जारा, पर्साका प्रजिअ विष्णु कुमार कार्की, सशस्त्र प्रहरीका प्रदेश नं. २ का प्रमुख कृष्णभक्त ब्रम्हचार्य, चिकित्सकहरु डा. मदन कुमार उपाध्याय, डा. निरज सिंह, सञ्चारकर्मी धु्रव साह, आरके पटेल, स्वास्थ्य कार्यालयका प्रमुख, पर्सा प्रहरी प्रमुख गंगा पन्त, महिला नेतृ रम्भा मिश्रा लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा नेपाली सेनाका पृतनापति, नेपाल प्रहरीका प्रदेश नं. २ का प्रमुख धिरज प्रताप सिंह, विभिन्न पालिकाहरुका प्रमुखहरु, जसपाका नेता राजेशमान सिंह, यूवा नेता तबरेज आलम, लगायतको सहभागिता रहेको थियो ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here