रौतहटको यमुनामाइमा दुइ पक्षबिच झडप , दर्जनभन्दा घाइते

0
40
Ad_Article_Top
Share :

वीरगञ्ज १४ साउन : रौतहटको यमुनामाइमा ग्यास सिलिन्डर तथा चुलो बितरणमा दुइ पक्षबिच झडप हुदा दर्जनभन्दा बढी घाइते भएका छन । रौतहटको यमुनामाई गाउपालिकाको वडा नम्बर ५ झुन्खुनवा मा आज ग्यास सिलिन्डर सहित चुलो बितरण गरिएको थियो । बितरणको क्रममा एक पक्षले बिभेद गरेको भन्दै बिवाद भएको थियो । बिवादले उग्र रुप लिएपछि झडप भएको हो ।

झडपमा दुबै पक्षले ढुङ्गा प्रहार गरेकाले घाइतेहरुको टाउकोमा चोट लागेको जनाइएको छ । यमुनामाई गाउपालिकाको गरिब तथा विपन्न बर्गलाई ग्यास चुलो बितरण गर्न लागेकोमा आज झुनखुनवा टोलमा र भोली बिहिबार अर्काे टोलमा बितरणको योजना रहेको तर अर्काे टोलका नागरिकमा सुचना प्रवाह नहुदा बिभेद भएको भन्दै बिवाद भएको गाउपालिकाका अध्यक्ष श्री प्रसाद मुखियाले बताउनु भयो ।

सो गाउँपालिकामा २ सय २५ परिवारलाई ग्यास सिलिन्डर पाउने भएका छन तर आज झडप भएपछि चुलो बितरण कार्य भोली बिहिबार गर्ने मुखियाले जानकारी दिनु भयो । झडपमा घाइते भएकाहरुको उपचार जिल्ला अस्पताल गौरमा भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्काले जानकारी दिनु भयो ।

घाइते भएकाहरुमध्ये २ बालकलाई गम्भीर चोट लागेकोलले विरगंज रिफर गरिएको जनाइएको छ । दुबै पक्षबिच सहमति जुटेपछि घटना सामान्य बनेको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here