चिकित्सकसहितको विज्ञ टोली तत्काल वीरगञ्ज पठाउन राजनितिक दलको माँग

0
34
Ad_Article_Top
Share :

वीरगंज,साउन १५
पर्साका क्रियाशिल राजनीतिक दलले कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण गर्न चिकित्सकसहितको विज्ञ टोली तत्काल वीरगञ्ज पठाउन माग गरेका छन् ।जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन अत्याधिक बढ्दै गइरहेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै उनीहरुले विज्ञ टोलीमार्फत संक्रमण नियन्त्रण र संक्रमितको व्यवस्थापन गरी दिन स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेका छन् । पर्सा र बारामा बुधबार मात्रै चिकित्सक, स्वास्थ्यकर्मी, नेपाली सेना लगायत ५३ जनामा कोरोना पुष्टि भएको छ ।बिहीबार जिल्लाका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष लगायत प्रदेश सांसद, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष र सामाजिक अभियन्तासहितको सर्वपक्षीय बैठकले ५ बुँदे निर्णय गरेको छ ।निर्णयको पहिलो बुँदामै कोरोना महामारी नियन्त्रण गर्नका लागि विज्ञ टोली वीरगञ्ज पठाउन माग गरिएको जसपाका युवा नेता ओमप्रकाश सर्राफले बताए ।बैठकले अरु पनि नीजि अस्पताललाई लिएर कोभिड अस्पताल बनाउन संघ सरकारसँग माग गरेको छ ।बैठकले नारायणी अस्पतालको बन्द सेवा सुरक्षा अपनाएर सुचारु गर्न, नारायणी अस्पताललाई रुटिङ हेल्थ सर्भिस अर्थात जनरल अस्पताल कै रुपमा सुचारु राख्नुपर्नेमा जोड दिनुको साथै वीरगञ्जमा विद्युतिय शवदाह गृह स्थापना गर्न पहल गर्ने निर्णय पनि गरेको छ ।सम्पूर्ण सुरक्षा अपनाएर गरिने शवदाहमा कोही कसैले विरोध नगरिदिन बैठकले अनुरोध गरेको नेपाली कांग्रेसका पर्सा सभापति अजय द्विवेदीले जानकारी दिए । बैठकमा जसपाका अध्यक्ष राम नरेश यादव, नेकपाका प्रतिनिधि महेश दास, प्रदेश सांसद ओम प्रकाश शर्मा, राजेश्वर साह तेली, डा. अन्जु यादव, जन्नत अन्सारी, वीरगञ्ज उघोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, प्रा. लालन द्विवेदी, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईं, वृजेश्वरप्रसाद चौधरी लगायत सहभागी थिए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here