पर्सामा सांसदसहित थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

0
91
Ad_Article_Top
Share :

वीरगञ्ज १७ साउन : पर्सा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सो कुरा यादवले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको हो । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सांसद यादव सहित ६४ जनामा हिजो साँझ कोरोना संक्रमण फेला परेको अस्पतालका सुपरिटेण्डेन मदन उपाध्यायले पनि पुष्टी गर्नु गर्नु भएको छ ।

पर्सामा ३ महिलासहित थप ६४ जनामा कोरोना संक्रमण फेला परेको र संक्रमितमा एक डाक्टर, एक प्यारामेडिक्स र एक भिआईपी पनि रहेको सुपरिटेण्डेन डा. उपाध्यायले जानकारी गराउनु भयो । संक्रमितहरुमा १५ देखि ६८ बर्ष उमेर समुहका रहेको जनाइएको छ । सांसद यादवको स्वास्थ्य अवस्था सामान्य रहेको उनको निजि सचिवालयले जानकारी गराएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here