बीरगञ्ज एक व्यक्ति मृत अवस्थामा फेला

0
96
Ad_Article_Top
Share :

वीरगञ्ज १७ साउन : बीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवामा आज बिहान एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृतक बारा जिल्ला मूल घर भई हाल बीरगञ्ज नगवाको गणेश टोल बस्ने विद्यासागर जैसवाल रहेको प्रहरीले जनाएको छ । नगवाको गणेश टोलमा निवासी बस्ने ६५ वर्षीय ती व्यक्ति मृत अवस्थमा फेला परेको प्रहरी सहायक निरीक्षक हरिन्द्र साहले पुष्टि गरे ।

उनी टिभी, पंखा र बिजुलीको मिस्त्री रहेको स्थानीयले बताए । सुत्ने कोठाको खाटबाट तल लडेको अवस्थमा उनको शव भेटिएको साहले बताए । आज बिहान करिब ९ बजेतिर छिमेकीले घरको ढोका खुल्लै देखेर घर भित्र गई हेर्दा खाटबाट लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयका अनुसार मृत व्यक्ति करिब एक महिना अघि दिल्लीबाट फर्किएका थिए । कसरी मृत्यु भएको हो यसबारे थप अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक साहले बताए ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here