वीरगन्जको नारायणी वयोधा अस्पतलामा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

0
193
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज १७ साउन : वीरगन्जको नारायणी वयोधा अस्पतलामा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगन्ज महानगरपालिका– १६ नगवा निवासी ५० वर्षीया महिलाको शुक्रबार वयोधा अस्पतालमा मृत्यु भएको थियो । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए ।

नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा।निरज सिंहका अनुसार ती महिला बुधबार वयोधा अस्पतलामा भर्ना भएकी थिइन् । निमोनिया उपचारका लागि आएको ती महिलामा शुक्रबार बिहान स्वासप्रश्‍वासको समस्या देखिएको थियो । कोरोना शंका लागेर स्वाब संकलन गरी परीक्षण गर्दा मृत्यु पछि उनमा कोरोना पुष्टि भएको डा।सिंहले जनाए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here