नेपालमा पहिलोपटक प्लाज्माथेरापीबाट कोरोना संक्रमितको सफल उपचार

0
93
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज १८ साउन : नेपालमा पहिलो पटक कोभिड १९ संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ । ६५ वर्षीय संक्रमितलाई त्रिवि शिक्षण अस्पतालमा प्लाज्माथेरापी विधिबाट उपचार गरिएको हो । उनलाई कोरोना संक्रमणबाट निको भएका २६ वर्षीय युवकले प्लाज्मा दिएका हुन् । अस्पतालका कोभिड—१९ व्यवस्थापन संयोजक प्रा.डा. सन्तकुमार दासका अनुसार सुरूमा एण्टीभाइरल रेम्डिसिभिर चलाइएको थियो ।

त्यसले पनि स्वास्थ्यमा सुधार नआएपछि प्लाज्माथेरापी गरिएको हो । उनलाई अब आईसीयूबाट निकाल्ने तयारी भइरहेको छ । सुरुमा संक्रमितलाई ९० प्रतिशत अक्सिजन दिनु परेको थियो । लाज्मा थेरापीपछि २४ प्रतिशत मात्र अक्सिजन दिनुपरेको छ । विराटनगरका यी संक्रमितलाई केही दिनअघि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । फोक्सोमा जटिल समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here