रौतहटको चन्द्रपुरबाट चोरी भएका मोटरसाइकल सहित २ जना पक्राउ

0
122
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज १८ साउन : रौतहटको चन्द्रपुरबाट चोरी भएका मोटरसाइकल सहित २ जना पक्राउ परेका छन । केही दिनदेखि चन्द्रपुर नगर क्षेत्रबाट मोटरसाइकल चोरीका घटना बढ्दै गइरहेको बेला पक्राउ परेका २ जनासहित सो मोटरसाइकल आज इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सार्वजनिक गरेको छ ।

साउन १३ गते रौतहटको चन्द्रपुर नगरपालिका वडा नं.४ स्थित आफ्नो ससुराली घर अगाडी पार्किङ्ग गरि राखेको सर्लाही हरिवन नगरपालिका वडा नं.६ बस्ने सन्तोष उप्रेतीको ज.८ प ७२५ नम्बरको २०० सि.सि.को एन.एस.मोटर साईकल चोरी भएको थियो । उक्त मोटरसाईकल खोज तलास गर्दै जाने क्रममा रौतहटको गुजरा नगरपालिका वडा नं.२ चोचा स्थित बागमती सिचाईको नहर छेउको जंगलमा लुकाई छिपाई राखेको बेवारिसे अवस्थामा १६ गते फेला परेको थियो ।

सो मोटरसाइकल सम्बन्धित धनिलाई जिम्मा लगाइ चोरी वारदातमा संलग्न व्यक्तिहरुको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here