पर्सामा मोटरसाइकल दुर्घटनामा एकजना मृत्यु

0
48
Ad_Article_Top
Share :
meropathsala.com

पर्साको जगरनमाथपुरमा हिजो मोटरसाइकल दुर्घटनामा एकजना मृत्यु भएको छ । बा १२ प ७३७ नम्बरको सवार कलु भन्ने २० वर्षे धन्नजय तिवारीको नेशनल मेडिकल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै सोहि मोटरसाइकलमा सवार घाइते रक्की दुवे र रुपेश दुवे उपचार भैरहेको छ । भारतीय नम्बर प्लेट भएको मोटरसाइकल चालक धोवीनी गा.पा वडा न ५ का दिपक तुरहाले पछाडिबाट ठक्कर दिएको घाइते दुवेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here