वीरगञ्जमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

0
138
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज २० साउन : वीरगञ्जमा गरिएको जाँचमा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको जाँचमा दुईजना बाराका र एक जना सुर्खेतका सहित ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिनुुभयो । पर्साको ३१ जना मध्ये ३ जना पोखरीया नगरपालिका र एकजना जिराभवानी गाउँपालकिाको सेढवाका र बाकी २७ जना वीरगञ्ज महानगरपालिकाको विभिन्न वडामा बसोबास गर्ने छन् ।

सुर्खेत निवासी २८ वर्षिय महिला भने नेशनल मेडिकल कलेजको चिकित्सक हुन । यसैगरी नारायणी बयोधा अस्पताल प्रालि गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष डाक्टरमा पनि सङ्क्रमण देखिएको छ । नारायणी अस्पताल वीरगञ्जको फार्मेसीमा कार्यरत ३० र ४३ वर्षका दुई पुरुष, नारायणीकै पारामेडिक्सको कन्ट्याक्ट ट्रेसिङ्मा परेका २१, २७ वर्षका दुई गरी चारजना स्वास्थ्यकर्मीमा पनि कोरोना सङ्क्रमण देखिएको छ । त्यसैगरी चण्डीप्रसाद गण वीरगञ्ज घण्टाघरमा कार्यरत नेपाली सेनाका तीन जवानमा पनि संक्रमण देखिएको छ । उनिहरु संक्रमितको शव व्यवस्थापन टोलीमा खटेका २८, ३० र ३२ वर्षका सैनिक जवान हुन ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here