रौतहटको चन्द्रपुरका सामुदायिक बिद्यालयहरु सञ्चालन नआउने

0
119
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज २१ साउन : रौतहटको चन्द्रपुरका सामुदायिक बिद्यालयहरु सञ्चालन नआउने भएका छन । रौतहटका केही स्थानिय तहमा समुदायस्तरमा नै कोरोना भाइरस देखिन थालेपछि कोरोनाबाट सुरक्षित राख्नको लागि भदौ १ गतेबाट विद्यालय सञ्चालनको तयारीमा रहेका विद्यालयहरु सञ्चालनमा ल्याउदा कोरोना जोखिम बढ्ने सम्भावना रहेकाले विद्यालय सञ्चालन नगर्ने चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले जानकारी दिनु भएको छ ।

चन्द्रपुर नगर क्षेत्रभित्रका विद्यालयहरुमा स्वास्थ्य सुरक्षा अपनाई विद्यालय सञ्चालन गर्न तयारीमा जुटन शिक्षक शिक्षिकाहरुलाई मात्र विद्यालयका प्रशासनिक पक्षहरु तयारी अवस्थामा राख्न नगरपालिकाले निर्देशन दिएको थियो ।

सोही अनुसार विद्यालयहरुमा प्रशासनिक कार्यहरु मात्र सञ्चालनमा रहेको तर रौतहटमा हाल कोरोना त्रास समुदाय स्तरमा फैलिएपछि भदौ १ गतेदेखि सञ्चालनको तयारीमा रहेका सामुदायिक विद्यालयहरु सञ्चालनमा नआउने भएको हो । रौतहटको चन्द्रपुर नगरपालिकामा ४२ ओटा सामुदायिक विद्यालयहरु रहेका छन ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here