पर्सामा थप ५५ जना कोरोना संक्रमण पुष्टि

0
79
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज २४ साउन : पर्सामा थप ५५ जना कोरोना भाइरस संक्रमण देखिएको छ । वीरगञ्ज स्थित नारायणी अस्पतालको प्रयोशालामा शुक्रबार राति गरिएको पिसीआर परीक्षण गर्दा ८ जना महिलासहित थप ५५ जनामा कोरोना पोजिटिभ देखिएको छ । संक्रमित हुनेमा सर्लाही १ जना , ३ जना बारा र पर्साका ५१ जानमा संक्रमण देखिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाकारी दिनु भयो । उनको अनुसार ५५ जना संक्रमितमध्ये १० जनामा ज्वरो र खोकीको लक्षण देखिएको छ ।

सक्रमित हुनेमा २० वर्षदेखि ७४ वर्ष उमेर समुहका रहेका छन् । शुक्रबार राति ५५ जना पष्टि हुनेमध्ये पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह पनि रहेका छन । बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले गत साउन २१ मा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा स्वाब परीक्षणका लागि दिएका थिए ।

उक्त विद्यालयमा स्वाब दिएका मेयरसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालाका एक स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको छ भने आर्मी ब्यारेकका एक जवानमा पनि कोरोना देखिएको छ । पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । अन्य संक्रमित हुनेहरुमा वीरगन्ज आदर्शनगरका ६ जना, श्रीपुरका ४ जना, मुर्लीका २ जना, नगवाका ४ जना, रेशमकोठीका एक र विर्ताका एक जना रहेका छन् ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here