पर्सामा लकडाउनको अवस्थामा पनि विभिन्न नाका हुदै भन्सार छली भित्रीएको कपडा बरामद

0
105
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज २५ साउन : पर्सामा लकडाउनको अवस्थामा पनि विभिन्न नाका हुदै भन्सार छली भित्रीएको कपडा बरामद भएको छ । तस्कर समूहले मोटरसाइकलमार्फत सीमावर्ती भारतीय बजार इनर्वाबाट जानकीटोला, दशौता, भिखमपुर हुँदै पटेर्वा सुगौलीको मनिहर्वा भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले भन्सार छलीका कपडा बरामद गरेको छ । गोप्य सूचनाको आधारमा गएको प्रहरीको टोलीले पटेर्वा सुगौली गाउँपालिका–५ मनिहर्वाबाट दुई वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल र एउटा नेपाली नम्बर प्लेटको मोटरसाइकलसहित ५५ थान साडी, ७१ थान सुरुवाल, २० थान सल, १९ थान रेडिमेन्ट सुट बरामद गरेको छ । तस्करीको समूहले प्रयोग गरेका ना १३ प १०८३, बीआर २२ वाई ११४२ र बीआर २२ एक्स ०६९१ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीको गस्ती टोलीलाई देखेपछि कपडा तस्करीमा संलग्न व्यक्तिहरु भने मोटरसाइकलसहित कपडा छाडेर भागेको प्रहरीको भनाइ छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here