युरोपियन क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनल समीकरण पूरा

0
56
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज २५ साउन : युरोपियन क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनल समीकरण पूरा भइसकेको छ । कोरोना भाइरस महामारीले गर्दा मार्चदेखि स्थगित भएको अन्तिम १६ को बाँकी खेलहरु सकिएका छन् । अब युरोपका दुई फुटबल प्रतियोगिताले मिनी नकआउट टुर्नामेन्टको स्वरुप लिने छन् ।

यसअघि फाइनलबाहेक नकआउट चरणका अन्य खेलहरु होम एण्ड अवेको आधारमा दुई लेगमा हुँदै आएको थियो । कोरोनाको असरले गर्दा क्वाटरफाइनलदेखिका खेलहरु सिंगल लेगमा हुनेछन् । यस्तै प्रतियोगिताका बाँकी खेलहरु पनि एकै देशमा हुनेछ । च्याम्पियन्स लिगका खेलहरु पोर्गुचलको लिस्वनमा खेलाइनेछ । युरोपा लिग भने जर्मनीमा हुनेछ । च्याम्पियन्स लिगमा पुग्ने क्लबहरुमा स्पेनबाट बार्सिलोना र एट्लेटिको मड्रिड तथा जर्मनीबाट बायर्न म्युनिख र लाइपजिग, फ्रान्सबाट पेरिस सेन्ट जर्मेन र लियोन छन् ।

यस्तै इंग्ल्याण्डबाट म्यानचेष्टर सिटी र इटलीबाट एटलान्टा छन् । यस्तै युरोपा लिगमा पुग्ने टिममा इंग्ल्याण्डबाट म्यानचेष्टर युनाइटेड र वल्भ्स, स्पेनबाट सेभिया, इटलीबाट इन्टर मिलान, जर्मनीबाट बायर लेभरकुजन, स्वीट्जरल्याण्डबाट बासेल, युक्रेनबाट साख्तर डोनेस्क र डेनमार्कबाट कोभनहेगन छन् । च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलहरु अगष्ट १२ देखि सुरु हुनेछ र फाइनल अगष्ट २३ मा हुनेछ ।

यस्तै युरोपा लिगको क्वाटरफाइनल खेलहरु अगष्ट १० मा शुरु हुनेछ र फाइनल अगष्ट २१ मा हुनेछ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here