पटेर्वासुगौली गाउँपालिकामा १४ जनाको स्वाव संकलन

0
136
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज २६ साउन : पर्साको पटेर्वासुगौली गाउँपालिका स्वास्थ शाखाद्वारा आज बिहान १४ जनाको स्वाव संकलन गरेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जगन्नाथ साहले बताउनु भयो । पिसिआर परिक्षणको लागि सबैको स्वाब संकलन गरिएको उनले बताए । पटेर्वा सुगौली गाउँ पालिका गादी स्वास्थ चौकीका ल्याब ईन्चार्ज ईन्द्रजीत गौरो र निचुटा स्वास्थ चौकीका ल्याब ईन्चार्ज मनोज प्रसाद्ले सबैको स्वावा संकलन गरेर बिरगंज नारायणी अस्पतालमा पठाएको थियो । नेपाल राष्ट्रिय आधारभुत विद्यालय फरफवा आइसोलेसनमा रहेका २ जना कोरोना पोजेटिभ र बाँकी अन्यको समपर्कमा आएका १२ जनाको स्वाव संकलन गरी नारायणी अस्पताल बीरगन्जमा पठाइएको पर्टेवासुगौली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्र प्रसाद यादवले बताए । उनले गाउँपालिकामा थप कोरोना संक्रमण फैलिन नदिनको लागि गाउँपालिकाको कार्यालय गम्भीर रहेको बताए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here