वीरगञ्जको नागरिक समाजद्धारा स्थानीय सरकारलाई काम गर्ने ९ बूदागत सुझाव

0
202
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज २६ साउन : पर्सा जिल्लामा दिनहुँ कोरोना संक्रमित थपि रहदा बीरगञ्जको नागरिक समाजले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणकालागि सरकारले जारी गरेको निर्देशन पालना गर्न आम नागरिकमा अपिल गरेको छ ।नागरिक समाजले आज एक बिज्ञप्ति जारी गदै अनावश्यक काम बमहेक घर बाहिर ननिस्कन, कुप्रचार र होहल्लाको पछि नलाग्न, निराशाजनक अभिव्यक्ति सम्प्रेषण नगर्न,कसैलाइ अनावश्यक दोषारोपण नगर्न,धैर्य भइ बस्न तथा आफु र आफ्नो परिवारको शारिरिक एवं मानसिक स्वास्थ्य समेतको ख्याल गरि स्वास्थ सुरक्षाका उपायहरु अबलम्बन गरी संयमित रहन सबै सर्वसाधारणमा अनुरोध गरिएको छ ।
नागरिक समाजलको संयोजक डा. दिपक शाक्यद्वारा जारी बिज्ञप्तिमा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमानै पुगिसकेको यो अवस्थामा आमसर्वसाधारणलाइ जोगाउन अग्रपंतिमा रहेर २४ सै घण्टा कर्मभुमिमा क्रियाशिल चिकित्सक, स्वास्थकर्मी, सुरक्षाकर्मी, लगायत सबैसबै प्रति उच्च सम्मान व्यक्त गर्दै, उच्च मनोवलका साथ काम गर्न विनम्र अनुरोध गरिएकोे छ भने कोरानका कारण मृत्युवरण गरेका सबै प्रति भावपुर्ण श्रदान्जली व्यक्त गर्दै, संक्रमित सबैको शिघ्रस्वास्थ लाभको कामना गरेको छ ।

समाजले साउन२५ गते नारायणी अस्पतालमा घटेको घटना प्रति खेद र निन्दा व्यक्त गर्दै भविष्यमा यस्ता कानून विपरितका गतिविधि नगर्न सम्पुर्ण नागरिकमा अपिल गरेको छ । समाजले यो चुनौतीपूर्ण घडीमा नागरिक समाजका प्रतिनिधिहरु सबै पक्ष सँग सकारात्मक कामका निम्ती सहयोग र समन्वय गर्न तत्पर रहेको बिज्ञप्तिमा उलेख गरिएको छ । समाजले सघ ,प्रदेश तथा स्थानीय सरकारलाई आउने दिनमा काम गर्नकालागि बूदागत सुझाव समेत दिएको छ ।
१ जन्मदेखीनै निशर्त उपभोग गर्न पाउने जिवन सँग जोडिएको स्वास्थ सेवाको नैसर्गिक अधिकारको रक्षार्थ आजै देखी सबै सरकारी तथा नीजि अस्पतालले सुरक्षा सर्तकताकाको उचित व्यवस्था गरी ९परिक्षणबाट कोभिड पोजेटिभ देखिने विमारीलाइ कोभिड अस्पतालमा रिफेर गर्ने प्रणालीको विकास गरी० निर्बाध रुपमा स्वास्थ उपचार हुने गर्नेव्यवस्था गर्न ।
२ नारायणी अस्पताललाइ सबै दृष्टीकोणले थप प्रभावकारी व्यवस्थापनका साथ तत्कालै जनरल अस्पतालको रुपमा संचालनमा ल्याउन ।
२ कोभिड १९ नियन्त्रणका सन्दर्भमा तिनै तहका सरकारहरुका विचमा आवश्यक समन्वय गर्न ।
४ अस्पताल लगायत मानिसहरुको आवगमनरभिडभाड हुने सार्वजनिक स्थलहरुमा समय समयमा डिसइन्फेक्सन गर्न ।
५ एम्बुलेन्स सेवालाइ प्रभावकारी बनाउन ।
६ मृत्यु पश्चात आफनो धर्म र सांस्कृति बमोजिम दाहसंस्कार गर्न पाउने अधिकारलाइ स्मरण गर्न र र स्थानीय नागरिकलाई मृत शरिरको दाहसंस्कारमा रोकछेक र अबरोध नगर्ने वतावरण बनाउन ।
७ सिमानाकाबाट मानिसहरू भित्रिरहेको अवस्थाले जोखिम बढीरहने भएकाले निर्बाधरुपमा भइरहेको आवत जावत रोक्न र अति आवश्यक कामले नेपाल प्रवेश गर्ने व्यक्तीलाइ तोकिएको अबधी क्वारिन्टिनमा राख्न ।
लकडाउन खुल्नासाथ पुनः गरिएको अनिश्चित कालिन निषेधज्ञाका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने, बिपन्न, भूमिहीन, गरिब र कमजोर परिवार भोकभोकै मर्ने अवस्थामा पुगिसेकेका हुँदा त्यस्ता कमजोर र संकटासन्न व्यक्तिको जीवन रक्षाका लागि तत्कालै बिशेष राहत उपलब्ध गराउन ।
९ दैनिक उपभोग्य सामग्रीकोउत्पादन र आपुर्तिको सहज व्यवस्थापन गर्न ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here