रातीमा नदीको मुहान फेरियो ,पालिका करवाहिको प्रक्रिया चाल्यो : अध्यक्ष कानु

0
474
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज ३१ साउन : पर्सामा नदि अतिक्रमण हुन थालेको छ । विन्दवासिनी गाउँपालिका १ र २ को सिमामा पर्ने ढङ्गही नदी अतिक्रमणको चपेटमा परेको छ । वहुअर्वा भाठा देखि पच्छिम हुलाकी सडक खण्डमा पर्ने ढङ्गहीको मुहान नै परिवर्तण गरेका छन । नदी छेउमा रहेको जग्गा धनिले साबिक नदीको हुमान परिवर्तण गरेका छन ।

हुलाकी सडक भएर बगि रहेको नदीलाई रातीको समयमा केहि व्यक्तीले मुहान फेरेका छन । वहुअर्वा र गर्दौल गाउँका सयौं विगा जग्गाको प्रमुख सिचाइको रुपमा रहेको छ । ढङ्गही नदीको मुहान रातै रातमा मुहान परिवर्तण भएपछि त्याहाका किसानहरु मारमा परेको छन । नदीको किनारमा गाउँका कोहि मान्छे बित्यो भने त्यो नदी छेउमा दाह संस्कार हुने गरेको छ तर मुहान परिवर्तणले बन्चित हुने पुगेको छन् । रातीको समयमा नदीको मुहार फेरेको कुरा प्रहरी प्रशासनलाई भन्दा पनि त्यो मुहान रोकन नसकेको गाउँलेहरु गुनासो गरेका छन ।

गर्दौलका एक स्थानीयले भने नदीका किनार मा रहेका जग्गा धनीले मुहान फेरेर आफ्नो जग्गा हुलाकि सडक संग जोडेका छन । स्थानीयल अनुसार एक व्यक्तीको जग्गाको वारिपरि नदीले घेरेको थियो । ती व्यक्तीले आफ्नो जग्गा बच्चाउनको लागि रातो रात मुहार फेर । हिन्दुहरुको महान पर्व उत्तर वाहिनी नुहाउने तेहि नदिको किनारमा हुन्छ । अब नदीको मुहार परिवार्तण भयो पहिलाको नदीमा पानी आउँन बन्द भयो स्नाथीयले । उनले भने अब न त खेतीपती हुन सक्छ न त हिन्दुहरुको उत्तर वाहिनी नै लाग्छ । एक जना व्यक्तीले एकलौटी ढगले मुहार परिवतण गरेर दुइवाट गाउँका जनतालाई दुख दिएको बताए ।

७०÷८० फि चैडा र १ हजार मिटर लामो भएर बगिरहेको नदीलाई अहिले १ हजार मिटर लामा दुलाई परिवर्तण गरेर २० मिटरमा गरेका छन । मुहान फेरेर नदीको करिब १९ बिगा भन्दा बढी जग्गा अतिक्रमण गरेको स्थानीयाले बताए । गाउँकाले अनुसार मुहार फेरेको खबर गाउपालिकामा गर्दा अहिले सम्म कुनै सुनवाइ भएन । नदीको मुहान फेरेको लिखित निबेदन जिल्ला प्रहरीमा दिएको विन्दवासिनी गाउँपालिका २ का वाडअध्यक्ष संजय चौहानले बताए ।

नदिलाइ सबिकको हालमा फरकाउने विन्दवासिनी गाउँपालिका प्रमुख श्रीलाल साह कानुले बताउनु भयो । उनले भने केहि व्यक्तीले रातीको समयमा मुहार फेरेको छ । पालिकासंग कुनै समन्वय नगरि नदीको मुहार फेरेको छ । पालिकको बोडले नदीलाई पहिलाको अवस्थामा फर्काउने नियर्ण गरेको प्रमुख कानुले बताउनु भयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here