नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना नियन्त्रणका लागि सरकारलाई सुझावसहित ध्यानाकर्षण पत्र

0
134
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज २ भदौ : नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना नियन्त्रणका लागि सरकारलाई सुझावसहित ध्यानाकर्षण पत्र पठाउनुभएको छ । पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका थापाले सरकारकै लापर्वाही अहङ्कारले अहिले कोरोना सङ्क्रमण भयावह अवस्थामा पुगेको आरोप लगाउनुभएको छ ।

कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि सबै तह तप्काको सहयोग हुँदा हुँदै पनि सरकारको असंवेदनशीलता, अहङ्कार र अकर्मण्यताका कारण यो भयानक अवस्था आएको उहाँको भनाइ छ । थापाले कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पछिल्लो पटक गएको असार २ गते नेपाली कांग्रेस संसदीय दलका तर्फबाट भेटेरै ध्यानाकर्षण गराएको र त्यसलगत्तै संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको पनि जानकारी गराउनुभएको छ ।

नेता थापाले कोरोना सङ्क्रमण बढ्दो दरमा भएका काठमाण्डौ उपत्यकालगायका क्षेत्रमा तत्काल जनस्वास्थ्य आपत्काल घोषणा गर्न प्रधानमन्त्रीलाई सुझाव पनि दिनुभएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here