पर्सामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

0
50
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ९ भदौं : पर्सामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको पछिल्लो अद्यावाधिक विवरण अनुसार आज मंगलबार मात्रै थप ३२ जानमा संक्रमण देखिएको छ ।

वीरगन्ज स्थित नारायाणी अस्पतालको प्रयोगशालमा सोमबार राती पिसीआर परिक्षणमा १० जना महिला र २२ जना पुरुष संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका १४ जना संक्रमण थपिएको छ ।

संक्रमण पुष्टि हुनेमा पर्साको कालिकामाई गाउँपालिका वडा २ का ४ जना र वडा ८ जना गरि १२ जना रहेका छन । जगरनाथपुर गाउँपालिकामा पनि थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले अनुसार नारायणी अस्थायी कोरोना अस्पतालमा दुई दिन अगाडि मृत्यु भएका जिराभवानी गाउँपालिका–४ निवासी ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्युपछि स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here