वीरगन्जको नारायणी प्रयोगशालामा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

0
140
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १४ भदौ : वीरगन्जको नारायणी प्रयोगशालामा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोशालमा प्रदेश नम्बर २ को विभिन्न स्थानबाट संकलन गरिएको स्वाबका नमुनाहरुलाई परीक्षण गर्दा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रयोगशालामा शनिबार ४ सय ४२ जनाको स्वाबको नमुनालाई परीक्षण गर्दा ६ महिनादेखि ९७ वर्ष उमेर समुहका ७९ जनामा कोरोना भाइरसको पोजिटिभ देखिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

उनको अनुसार संक्रमितमध्ये पर्साका ४७, बाराका ३० र मोरङ र काठमाडौंका एक एक जना थपिएको छ । पुष्टि हुनेमा २४ जना महिना र ५५ जना पुरुष रहेका हुन् । पर्साका ४७ संक्रमित मध्ये वीरन्ंज महानगरपालिकाका विभिन्न वडा गरि ३२ जना रहेका छन् भने पोखरिया नगरपालिकाका विभिन्न वडा गरि १२ जना र वाकी पर्साका अन्य ठाउँका हुन् ।

यस्तै बाराको ३० संक्रमित मध्ये कलैया उपमहानगरपालिकाको विभिन्न वडाका २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिश्रामपुर गाउँपालिकाका ३ जना, महागढीमाई नगरपालिकाका २ जना, जितपुरसिमराका २ जनामा देखिएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here